कविता संग्रह

चौतारीमा पर्खिरहुला आउदै जाँदै गर्नु प्यारी
बाँचुन्जेल मायापिर्ति लाउदै जाँदै गर्नु प्यारी

एक्लो हुन खोजेभने संहाल्नलाई मलाई तिम्ले
मधुर त्यो भाका हाली गाँउदै जाँदै गर्नु प्यारी

वाढी आई दिलभित्र बगाएछ भने खुसी
भत्कीएको मनको छानो छाँउदै जाँदै गर्नु प्यारी

रुखो चट्टान रसाईसक्यो खनीसके दिलको बारी
माया रोप्न मनको मेलो साउदै जाँदै गर्नु प्यारी

(२)
जोड्न खोज्थे मुटहरु तिमी आफै फुटीदियौ
संगै यात्रा गरु भन्थे तिमी आफै छुटीदियौ

एकतर्फि माया हुन्न दुबैतिर हुनुपर्छ
पाउनखोजे तिम्रो माया तिमी आफै टुटीगयौ

सोझो मनले यो तन दिँए मैले तिमीलाई
मायागर्ने नाटक गर्दै मेरो मन लुटीदियौ

दुबै मिली जीन्दगीको जङ्घार तरु भन्थे मत
खिरीमा पहाड बनी तिमी आफै उठिदियौ
सोच्छु कहिले के हो यो जीन्दगी
दुई नदि बीचको किनार हो या फेरी
त्यही संगै बग्ने फोहर हो जीन्दगी ।

जिउदो रहनु हो जीन्दगी या फेरी
मृत्यु देखी डराउनु हो जीन्दगी
अस्तित्व गुमाउनु हो जीन्दगी या
इज्जत पाउनु हो जीन्दगी
व्यर्थै मन दुखाउनलाई फोर्यौ किन
नभएका कथाहरु व्यर्थै कोर्यौ किन
आफैलाई थाहा छैन मेरो जीवन के हो भनी
देख्दै नदेखीने यो मुटु चोर्यौ किन

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

विना गल्ति रिसायौ माफी किन माग्नु मैले
धोका दिइ छोडेपछि पर्यौ किन भाग्नु ऐले
पाप धर्म रैन है संसारमा कसैलाई
बिच बाटोमै मरेमर्छु पर्यौ किन थाम्न ऐले

गाउखाने कथाको सङग्रह

१ बाबु एउटै भए पनि पाँच भाई छोरा
ति पाँचको घर पाँच तर एक द्वार - के हो ?

२ प्राए जसो सबै पाल्छन काटी खान हुन्न
नयाँ मानिस कोही आए सिधै पस्न दिन्न - के हो ?

३ उसले बोल्दा सबै सुती सुती सुन्छन कुरा
सबै बुझ्न सके मानिस ज्ञानी हुन्छन - के हो ?

४ भुँडी भरी झोल हाली अनी हावा भर्छन
मुखबाट बान्ता आए सलाई कोरी झोस्छन - के हो ?

५ प्राए हुन्छ जङलमा घर द्वार छैन एकै छिन
चुप लागि बस्ने पनि होइन - के हो ?

६ हात खुट्टा केही छैन जता सुकै जान्छ
बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ - के हो ?

७ जती धेरै भए पनि धेरै कहिले हुन्न
त्यसको लोभले मानिसलाई कहिले छोड्ने छैन के हो ?

८ मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन के हो ?

९ कम्मर कसी काम गर्ने हाम्री घरकी नानी
जति पछि हुँदै गयो उति हुन्छिन सानी - के हो ?

१० सानो सानो ओडारमा सेता भेडा बाख्रा
पाको उमेर भए पछि लाग्छन एत्र तत्र - के हो ?

(उत्तर: १ - हत्केला , २ - कुकुर , ३ - रेडियो ,
४ - स्टोभ बालेको , ५ - बाँदर , ६ - चिठ्ठी ,
७ - धन सम्पत्ति , ८ - सपना , ९ - कुचो , १० - दात )

" कोठाको एउटा कुनामा धुप बली रहेको छ र अर्को कुनामा धुपबत्ती । मैनबत्तीले अलि घमण्डी पाराले धुपबत्तीलाई हेर्दै भन्यो , हेर म कत्ती भाग्यमानी छु चारै तिर मेरो प्रकाश फैलिएको छ, सबैले मेरै तर्फ हेर्छन मलाई ध्यान दिन्छन तिमीलाई त कसैले वास्ता गर्दैनन । यो सुनेर धुपबत्तिले नरम आवाजमा भन्यो यो त तिमीले ठिकै भनेउ तर परिक्षाको कठिन समयमा जो धैर्ये अनी साहसको साथ आफ्नो ठाउँमा अडिग भएर आफ्नो चमक दिन सक्छ त्यो नै सार्थकता हो । मैनबत्तिले धुप को कुरा सुनेर पनि नसुनेको जस्तै गरिदियो । त्यतिकैमा हावाको एउटा तेज झोका आयो र मैनबत्ती निभ्यो तर धुपबत्तिले झन धेरै सुगन्ध फैलाउन सुरु गर्‍यो । "

त्यो चमक के काम जस्ले एउटा हावाको झोका पनि थाम्न सक्दैन त्यसैले आफ्नो छुद्र क्षमता माथि घमण्ड गर्नु मुर्खता मात्र हो

No posts.
No posts.
हरे शिव, मेरो अर्को जन्मदिन त Sat, Jun 17, 2220 मा पो रे त अनी मेरो शरीरको वजन चाँही 4.3 kg मात्रै रे पो त । साचैं भनेको, यो कुनै जोक हैन । "Pluto" मा मैले मेरो जन्म दिन मनाउन अझै धेरै कुर्नु पर्ने छ र मेरो वजन त त्यहा 4.3 मात्र हुने रहेछ । हो साथीहरु मैले एउटा साईटमा गएर आफ्नो age र weight अर्को planet "Pluto" सँग तुलना गरेर हेरेको हो । यो साईटमा गएर तपाईंले पनि आफ्नो जन्ममिती र वजन राखेर अर्को "Planet" हरुमा आफ्नो जन्ममिती र वजन कति हुने रहेछ त भनेर Calculate गर्न सक्नु हुन्छ । यस्तो फरक हुनुमा भने अरु "Planet" हरुको आआफ्नै छुट्टा छुट्टै सुर्यलाई घुम्ने समय (परिभ्रमण वा revolutions ) हुनाले हो ।

लौ तपाईं पनि रमाइलोको लागि आफ्नो जन्मदिन र वजन कुन "Planet" मा कति कति हुदो रहेछ चेक गरेर हेर्नुहोस् त ।